सन्तुलन परिक्षण
सन्तुलन परिक्षण
Q.1)सन्तुलन परिक्षणको अर्थ , उद्देश्य , फाइदा तथा महत्व बारे चर्चा गर्नु होस् ?
•आर्थिक कारोबारहरु का लागि तयार गरिएका प्रारम्भिक अभिलेखहरू ठिक छन् या छैनन् सम्बन्धित खाताहरुमा ठीकसँग प्रविष्टि गरिए /गरिएनन् सोको परीक्षण गरी हेर्ने विधिलाई संतुलन परीक्षण भनिन्छ ।
• दोहोरो लेखा प्रणाली अनुसार तयार गरिने हुँदा संतुलन परीक्षण डेबिट र क्रेडिट योगफल बराबर हुनुपर्छ ।
•सन्तुलन परिक्षण लाई खाताहरूको निचोड तथा लेखा सम्बन्धी गल्तीहरूको निरुपण गर्ने साधनको रुपमा मानिएको छ ।
संतुलन परीक्षणको उदेश्य :
•सम्पूर्ण खाता बाहि हरुका हो सारांश तयार पार्न
•प्रारम्भिक अभिलेखको हिसाबको परीक्षण गर्न
•अंकगणितीय शुद्धता मापन गर्न
•भएका गणितीय गल्तीहरु सुधार गर्न
•दोहोरो प्रविष्टि सम्वन्धी गल्तीहरु पत्ता लगाई सुधार गर्न
•अन्तिम खाता र वासलात तयार गर्ने आधार बनाउन
संतुलन परीक्षण का फाइदाहरु र महत्वहरु:
•यसको प्रयोगबाट आर्थिक प्रतिवेदन तयार पार्न सजिलो हुन्छ ।
•सन्तुलन परिक्षण को कुल रकम पत्ता लगाई सुरु अभिलेखको हिसाबको परीक्षण गर्दछ ।
•कारोबारहरु प्रविष्टि गर्दा भएका गल्तीहरूको अंकगणितीय शुद्धता पत्ता लगाई सुधार गर्न मद्दत गर्दछ ।
•दोहोरो प्रविष्टि सम्वन्धी गल्तीहरु पत्ता लगाउन मद्दत गर्दछ ।
•आन्तरिक लेखापरीक्षण गर्न सहयोग गर्दछ ।
•वासलात तयार पार्न सहयोग गर्दछ ।
सन्तुलन परिक्षण तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु :
•सन्तुलन परिक्षण सबैभन्दा माथि कम्पनीको नाम र तयार पारेको मिति लेख्नुपर्छ
•प्रत्येक खाताको शीर्षकको नाम क्रमैसँग विवरण महलमा लेख्नुपर्छ ।
•खाताको डेबिट को जम्मा रकम डेबिट मा र क्रेडिटको जम्मा रकम क्रेडिटमा राख्नुपर्छ ।
•डेबिटको जम्मा र क्रेडिटको जम्मा योगफल बराबर हुनु पर्दछ ।
सन्तुलन परिक्षण सन्तुलित नहुनुका कारणहरु :
•सामान्यता संतुलन परीक्षणको डेबिट र क्रेडिट को योगफल बराबर भएमा हिसाब मिलेको मानिन्छ । तर योगफल बराबर नभए कुनै खातामा कहीँ कतै गल्ती भएको छ भन्ने मानिन्छ ।
•प्रारम्भिक प्रविष्टि बाट कुनै खातामा रकम सार्न छुटेमा,
•एउटै कारोबारको रकम एउटा खातामा ठीक र अर्को खातामा गलत सरिएमा,
•एउटै रकम एउटै खातामा दोहोरिएर सारिएमा
•खातामा रकम जोड्दा गलत भएमा
•मौज्दात गलत सारिएंमा वा मौज्दात को रकम नै सार्न छुटेमा ,
•गलत पक्ष्यमा रकम प्रविष्टि भएमा
•सन्तुलन परिक्षण रकम जोड्दा नै गलत भएमा आदि कारणले संतुलन परीक्षण मिल्दैन ।
हिसाब गर्दा सन्तुलन परिक्षण मिलेमा हिसाब सही भयो भन्ने मान्यता रहन्छ तर संतुलन परीक्षण मिलेर पनि निम्नअनुसारका गल्तीहरु हुने सम्भावना रहन्छ :
•छुट गल्तीहरु
•लेख्ने गल्ती
•सैद्धान्तिक गल्तीहरु
•पूरक गल्तीहरु
•दोहोरो गल्तीहरु
भूल सुधारसम्बन्धी कार्य निम्न तीन चरण पूरा गर्न सकिन्छ
•सन्तुलन परिक्षण तयार गर्न अगाडि
•सन्तुलन परिक्षण तयार गरिसकेर तर अन्तिम खाता तयार गर्नुपूर्व
•अन्तिम खाता तयार गरिसकेपछि
https://youtu.be/G4AyHrBEtP4
Comments
Post a Comment