Live exam on statistics for NRB by Shraddha Shrestha

Statistics mock exam taken by Shraddha Shrestha on 10th asar 2075

1. आधुनिक तथ्याङ्क विज्ञानका पिता भनेर कसलाई चिनिन्छ?
a)Richard Dawkins
b)Anders Hald
c)Ronald Aylmer Fisher
d)Claude Bernard
Answer: c

2. कस्तो प्रकारको तथ्याङ्कमा मौलिकता हुन्छ?
a) प्राथमिक तथ्याङ्क
b) द्वितीय तथ्याङ्क
c) a र b दुवै
d) कुनै पनि होइन
Answer: a

3. तलका मध्ये कुन चाहिं जटिल संयोग नमूना छनोट अन्तर्गत पर्दैन?
a) क्षेत्रगत नमूना छनोट
b) दुरुस्त नमूना छनोट
c) झुण्ड नमूना छनोट
d) सुविधाजनक नमूना छनोट
Answer: d

4. तलका विवरण मध्ये कुन सही क्रममा छ?
a) तालिकिकरण, वर्गीकरन,  सांकेतिकरण, सम्पादन
b) वर्गीकरण, तालिकिकरण, सांकेतिकरण, सम्पादन
c) सम्पादन, सांकेतिकरण, वर्गीकरण, तालीकिकरण
d) सम्पादन, सांकेतिकरण, तालीकिकरण , वर्गीकरण
Answer: c

5.  समूह I र समूह II बीच जोडा मिलाउनुहोस्।
समूह I                                                     समूह II
१ सामान्य सम्भावनायुक्त नमूना विधि     क) बहुक्रमिक नमूना छनोट
२ जटिल संयोग नमूना छनोट विधि             ख) क्रमसुचि विधि
३ सम्भावना रहित नमूना छनोट विधि        ग) आकस्मिक नमूना छनोट
a) १- क, २- ख, ३-ग
b) १-ख, २-ग, ३-क
c) १- ख, २-क, ३-ग
d) १-ग, २-ख,३-क
Answer: c

6. अभिलेख राख्ने विधि तलका मध्ये कुन हो?
a) तालिका
b) रेखा चित्र
c) लेखा चित्र
d) माथिका सबै
Answer: d

7. निम्न भनाइहरू विचार गर्नुहोस्!
क) छरिएका तथ्यांकहरुलाई एकत्रित गर्ने कार्य सांकेतिकरणले गर्दछ।
ख) छरिएर रहेका तथ्याङ्कलाई स्पष्ट आकार प्रदान गर्ने कार्य वर्गीकरणले गर्दछ।
a) क ठीक ख बेठीक
b) ख ठीक क बेठीक
c) क र ख दुवै ठीक
d) क र ख दुवै बेठीक
Answer: c

8. “प्राथमिक तथ्याङ्क भन्नाले ती सबै मौलिक सूचनाहरू हुन जसलाई स्वयं अनुसन्धानकर्ताले प्राथमिक स्रोतहरू द्वारा प्राप्त गर्दछ।” यो कसको परिभाषा हो?
a) Young
b) Fisher
c) Pearson
d) Bernard
Answer: a

9. रेखाचित्रका किसिमहरु मध्ये तलको कुन हो?
a) One dimensional diagram
b) Three dimensional diagram
c) Both a and b
d) None of the above
Answer: a

10. Two way table के का आधारमा बाँडिन्छ?
a) दुईवटा विशेषण वा गुणको आधारमा
b) चरणहरुको आधारमा
c) परिणामको आधारमा
d) माथिका सबै
Answer: d

11. तालिकाको वर्गीकरण कसरी गर्न सकिन्छ?
a) तालिकाको उद्देश्यको आधारमा
b) निर्माणको स्वरूपको आधारमा
c) चरणहरूको संख्याको आधारमा
d) माथिका सबै
Answer: d

12. simple table मा कति वटा columns हुन्छन्?
a) १
b) २
c) ३
d) ४
Answer: a

13. तथ्यांक वर्गीकरणको प्रकार तलकामध्ये कुन हो?a) भौगोलिक वर्गीकरण
b) समय अनुसार वर्गिकरण र गुणात्मक वर्गीकरण
c) परिणत्मक वर्गीकरण र मिश्रित वर्गीकरण
d) माथिका सबै
Answer: d

14. सुरुमा तथ्यांक शब्दको प्रयोग________ मा गरिन्थ्यो।
a) जनसंख्या
b) सैन्य शक्ति
c) सम्पति
d) माथिका सबै
Answer: a

15. प्राथमिक तथ्याङ्क संकलन विधिमा तलको कुन पर्दैन?
a) प्रकाशित स्रोत
b) हुलाक प्रश्नावली
c) प्रत्यक्ष व्यक्तिगत अन्तर्वार्ता
d) स्थानीय संवाददाताबाट सूचना
Answer: a

16. तथ्यांक कति किसिमका छन्?
a) १
b) २
c) ३
d) ४
Answer: b

17. तथ्यांक सम्वन्धी व्यवस्था नेपाल बैंक ऐन २०५८ को कुन दफामा व्यवस्था गरेको छ?
a) दफा ६३
b) दफा ७३
c) दफा ७४
d) दफा ७५
Answer: b

18. तथ्यांक संकलन को चरण तलका मध्ये कुन होइन?
a) संकलन
b) प्रस्तुतिकरण
c) विश्लेषण
d) भौगोलिक वर्गीकरण
Answer: d

19. लेखाचित्रको किसिम तलका मध्ये कुन हो/हुन?a) Graphs of time series
b) Graph of frequency distribution
c) both a and b
d) none of the above
Answer: c

20.  तलका भनाइहरू विचार  गर्नुहोस्-
क) संगणना विधि सानो क्षेत्रको अध्ययन गर्न फलदायक मानिन्छ।
ख) संगणना विधिको लागि गणक दक्ष र अनुभवी चाहिँदैन।
ग) संगणना विधिबाट प्राप्त सूचनाहरू शुद्ध र विश्वसनीय हुँदैन।
a) क मात्र ठीक
b) ख र ग ठीक
c) ख मात्र ठीक
d) ग मात्र ठीक
Answer:a

Comments

Popular posts from this blog

सन्तुलन परिक्षण

NEPAL RASTRA BANK ACCOUNT MCQ QUESTION PART-1

Accounting Questions For Nepal Rastra Bank